देउमाईका मृगौला पिडित दिपकलाई ३ लाख ६६ हजार सहयोग - Pahilo Online

देउमाईका मृगौला पिडित दिपकलाई ३ लाख ६६ हजार सहयोग

writer

टिकराम चापागाई । इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार एक कार्यक्रमका बिच उनलाई हस्तान्तरण गरिएको हो ।

कतारमा तारा चापागाइले ३८ हजार ६ सय, गणेश लुईटेलले २६ हजार ४ सय, तथा होम फियाले २२ हजार ८ सय २८ रुपैया संकलन गरेका थिए । उता मलेसियाबाट बिष्णु फियाकको अगुवाइमा १६ हजार १ सय ४८ र धिरेन पोर्तेलको अगुवाइमा २० हजार ९सय ५० रुपैया संकलन भएको थियो ।

त्यस्तै दक्षिण कोरियाबाट महेन्द्र कार्कीको अगुवाइमा ७२ हजार ७ सय रुपैया तथा केशव कुंवरले २३ हजार ७ सय २२ रुपैया संकलन गरेका थिए । नेपालका बिभिन्न ठाँउबाट यसअघि ६३ हजार ९ सय ५२ रुपैया संकलन गरि हस्तान्तरण गरिएको थियो । उनको उपचारमा हालसम्म चार लाख भन्दा बढी खर्च भइसकेको र अझै लाखौ रुपैया लाग्ने अभियन्ता राजन लिम्बुले बताए । बिगत ३ बर्षयता मृगौलामा समस्या भएर बिराटनगरको नोबेल हस्पिटलमा उपचाररत लिम्बुको आर्थिक अवस्था एकदमै कमजोर बिहान बेलुका खानको समेत समस्या रहेकाले “दिपक लिम्बु बचाउ अभियान” नै सञ्चालन गरेर सो रकम संकलन गरिएको थियो ।

उनको घरमा श्रीमती तथा ५ बर्षिया छोरी रहेकी छन् । श्रीमती रेसिकाले आफ्नो श्रीमानलाइृ बचाउन देश तथा बिदेशमा रहेका सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गरिदिनहुन आग्रह गरेकी छिन् । दिपक लिम्बुको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख भइरहेको राजनले जानकारी दिए । आर्थिक अवस्थाको कारणले उनले जीवन गुमाउनु नपरोस भनेर भनेर “दिपक लिम्बु बचाउ अभियान” सञ्चालन गरिएको स्थानिय सोबित लुइटेलले बताए । नेपाल, मलेसिया, कतार, कोरिया तथा अन्य ठाउबाट रकम संकलन भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes