विराटनगरको शहिद रंगशालाको फ्लड लाईटको परीक्षण - Pahilo Online

विराटनगरको शहिद रंगशालाको फ्लड लाईटको परीक्षण

writer

मोरङ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद रंगशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो । २१० दिनभित्र काम सक्ने सम्झौता भएपनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकीएको कार्की बन्धु अमर जेभीवीच प्रवन्ध निर्देशक गणेश कार्कीले बताए । कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्ष भित्रमा फ्लड लाइट जडानका लागि लिएको पहलका कारण काम सम्पन्न भएको उनले बताए । नेपालमै नयाँ परियोजना भएका कारण काम गर्न धेरै चुनौति भएपनि सम्पन्न गर्न सफल भएको उनले बताए । एकसाता भित्रमा काम सम्पन्न गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने कार्कीले बताए ।

फ्लड लाईटको परीक्षणको अवलोकन गर्दै निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेले प्रदेशवासीका लागि गौरवको आयोजना तयार भएको बताए । उनले सवैको साथ सहयोगले रंगशालामा फ्लड लाईट स्थायी व्यवस्थापन भएको बताए । उनले संवन्धित निकायले फ्लड लाईटको दिगो व्यवस्थापनका लागि आवस्यक कार्यविधि मापदण्ड बनाउन आवस्यक रहेको बताए ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का सहायक महासचिव वसन्त अर्यालले फ्लड लाईटको जडानका कारण रात्री कालिन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए । उनले गर्मी मौसममा पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए । अर्यालले भने,‘ चैत–वैशाखको समयमा पनि प्रतियोगिता गर्न सकिने भयो ।’ विराट गोल्डकपले मात्र रंगशालाको लागत धान्न नसक्ने भएकाले महिला लिग, मुख्यमन्त्री कप, प्रदेश स्तरिय प्रतियोगिताहरु, प्याव्सन, हिसानले आयोजना गर्ने प्रतियोगिता पनि रात्रीकालिन गरेर आम्दानी बढाउनुपर्ने बताए । दशरथ रंगशाला व्यवस्थापनको जिम्मेवारी एन्फाले लिए जस्तै यहाँपनि कार्यविधि बनाउन आवस्यक रहेको उनको सुझाव छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes