विराटनगरको सहिद रङ्गशालाको फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन - Pahilo Online

विराटनगरको सहिद रङ्गशालाको फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

writer

विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले मंगलबार अनुगमन गरेका हुन् । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिए । शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको उनले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताए ।

अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृयापनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराए ।  फ्लड लाइट जडानका लागि गतवर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनवीच सम्झौता भएको तियो । २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि कोरोनाका कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सनले जनाएको छ । मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
चार कुनमा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्व हुने कार्की बन्धु अमर जेभीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes