प्रदेश १ मा मंगलबार ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा मंगलबार ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

writer

मोरङ । प्रदेश १ मा आज(मंगलबार) ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ ।

प्रदेश १ म आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes