सामुदायिक वनद्वारा विपन्नलाई निःशुल्क काठ वितरण - Pahilo Online

सामुदायिक वनद्वारा विपन्नलाई निःशुल्क काठ वितरण

writer

पहिलो अनलाइन

जाँते । मोरङ लेटाङ–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्ताहरुलाई घर निर्माणका लागि चिरान काठ निःशुल्क प्रदान गरेको छ । वन समूहले एक कार्यक्रमको आयोजना गरी ८ विपन्न परिवारलाई घरको छानोकालागि डाँडा भाटा (कोरा बत्ति) वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जाँते सव–डिभिजन वन कार्यालयका प्रमुख राजेश घिमिरेसहितका अतिथिहरुले उक्त तयारी काठ वितरण गरेका हुन् । निःशुल्क काठ पाउनेहरुमा हरिप्रसाद बाँस्तोला, अस्मिता वि.क., शुशिला गिरी, मोहनीप्रसाद उपाध्याय, सीता आले, सनम मगर, डम्बर राई र तारा मास्कि मगर रहेका छन् ।

समूहले उपभोक्ता मुल्यमा जनही ६१ हजार ८७५ रुपैयाँ बराबरको तयारी काठ वितरण गरेको बताइएको छ । विपन्न उपभोक्ताहरुलाई लक्षित गरी समूहले हरेक वर्ष घर निर्माण र मर्मतका लागि निःशुल्क काठ प्रदान गर्ने गरेको समूहका अध्यक्ष होमनाथ सुबेदीले जानकारी दिए ।
अध्यक्ष सुबेदीका अनुसार समूहले जीविको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले विपन्न उपभोक्ताको आयआर्जनका लागि विभिन्न समयमा सिपमुलक तालिमको आयोजना गर्ने गरेको छ ।

समूहले लेटाङ नगरपालिका वडा नं. ९ का कुल ५१२ घरधुरीका १ हजार ७९२ जनसंख्यालाई काठ, दाउरादेखि लिएर वन पैदावार उपलब्ध गराउँदै आएको छ । वि.सं. २०६८ सालमा समुदायमा हस्तान्तरित यो सामुदायिक वन ३ सय ३८ दशमलब १६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes