दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु, पहिलो खेलमा मातृभुमी सेवा समाज विजयी - Pahilo Online

दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु, पहिलो खेलमा मातृभुमी सेवा समाज विजयी

writer

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालय बयरबनको आयोजनामा शुभदिपावली र छठपर्वको पावन अवसरपारी सञ्चालन गरिएको दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। सो प्रतियोगिता अन्तर्गत पहिलो दिन आज शनिबार एउटा खेल सम्पन्न भएको छ।

श्री मातृभुमी सेवा समाज युवा क्लब सेट ए र धम्कुवा युवा क्लब धम्कुवा चोक बीच भएको पहिलो खेलमा १०–१ गोल अन्तरले मातृभुमी सेवा समाज युवा क्लब विजयी भएको छ। निर्धारित समयावधिको खेलमा मातृभुमी सेवाका लागि नारायण खड्काले ७ गोलसंगै ओमप्रसाद लिम्बू र खम्बु राईले १–१ गरेका थिए भने खेलको अन्तिम समयमा धम्कुवाका लागि जीवन नेपालले १ गोल फर्काएका थिए।

प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्न खेल अघि सामान्य औपचारिकरुपमा उद्दघाटन कार्यक्रम सञ्चालन गरिएको थियो। सो,कार्यक्रमको अध्यक्षता खेल आयोजक समिती अध्यक्ष सुरेश गुरुङले गरेका थिए। प्रमुख आतिथ्यता कानेपोखरी ४ का वडाअध्यक्ष धनबहादुर राईको रहेको थियो भने वडा नम्बर ४ का सदस्यहरु रोशन लामीछाने, श्यामकुमारी बिक, पालिका युवा तथा खेलकुद उपप्रमुख भुपेन्द्रकुमार सुब्बा,मातृभुमी सेवा क्लबका अध्यक्ष लिलाबहादुर बुढाथोकी, समाजसेवीहरु भुमी दुलाल, रामबहादुर खड्का, सञ्चारकर्मीहरु दिनेश सुब्बा, बिध्यानन्द चौधरी, भगत चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।

सोही उद्दघाटन समारोहमा ब्लास्ट दैनिकका सञ्चारकर्मी दिनेश सुब्बाले मातृभुमी सेवा समाज युवा क्लबलाई ९ सेट जर्सीसहित २ वटा फुटबल साथै यसै क्लब संरक्षक बिनोद लिम्बू र खेल संयोजक सन्दिप खत्री २–२ थान फुटबल प्रदान गरेका थिए।

कार्तिक २२ गते आजदेखि २८ गतेसम्म फुटबल प्रतियोगिता चल्ने खेल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा कानेपोखरी गाउँपालिका वडा नम्बर ४ भरिका ८ टिमले सहभागीता जनाएका छन। अन्तर वडा फुटबल प्रतियोगितामा बिजेता हुनेलाई रु १५ हजार रुपैयाँ र उपबिजेता हुनेलाई रु १० हजार नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने उनले बताए ।खेल वडा नम्बर ४ को खोरियास्थित झोलुङ्गे पुल छेउको चौरमा हुँदैछ। दिनको २ बजेबाट फुटबल प्रतियोगिता सुरु हुन्छ। भोलिको खेलमा हस्तिनापुर युवा क्लब र श्री मातृभुमी सेवा समाज युवा क्लब सेट बि आमन्नेसामन्ने हुँदैछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes