प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत सार्वजनिक - Pahilo Online

प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत सार्वजनिक

writer

मोरङ । गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण कुमार भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ ।

यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविण तामाङले गरेका छन् भने भिडियोमा जुना सुन्दास र प्रविण तामाङले नै अभिनय गरेका छन् । यस गीतमा धेरै मिहेनत साथ काम गरेकोले यो गीतले दर्शक स्रोताको मन जित्ने आशा गायक किरण भुजेल र प्रसिद्धि लामाले राखेकी छिन् ।

अहिले गीत संगीतको बाढी नै आएको छ । नेपाली म्युजिक क्षेत्रमा दैनिक दर्जनौं गीत सार्वजनिक हुन्छ । यो हप्ता मात्र प्रेम घिमिरेको संगीतमा ४ ओटा गीत सार्वजनिक भई सकेको छ । उनकै संगीतमा केही गीतहरू सार्वजनिक हुने तयारीमा छन् । यो गीत रमाइलो बनेको र म्युजिक भिडियो पनि राम्रो बनेकोले यो गीतले धेरैको मन जित्ने आशा संगीतकार प्रेम घिमिरेले लिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes