नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. २ लाई - Pahilo Online

नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. २ लाई

writer

पहिलो अनलाइन

पथरी  । पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ आयोजकले आफ्नो पोल्टामा पारेको छ ।
वडा नं. १ को पञ्चायत माविको खेल मैदानमा आज भएको फाइनल खेलमा वडा नं. ४ लाई १–२ गोलको झिनो अन्तरले पराजित गर्दै आयोजकले उपाधि माथि कब्जा जमाएको हो ।
फाइनल खेलको पहिलो हाफमै वडा नं. २ का लागि दुबै गोल मदन राईले हेड मार्फत् गर्नुभएको थियो । दोस्रो हाफमा वडा नं. ४ का खेलाडी यादब राईले एक गोल फर्काएका थिए । खेल अवधिभर दुवै टिमले निक्कै राम्रो अवसरमा प्राप्त गरे पनि गोलले जाली चुम्न सकेन । अन्ततः खेल १–२ गोल अन्तरले वडा नं. २ विजयी भयो ।
बिजेता टिमलाई शिल्ड सहित नगद रु. ५० हजार र उपविजेतालाई शिल्ड र २० हजार नगद कार्यक्रमका पमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापाले प्रदान गर्नुभएको थियो ।
बिजेता टिमका मदन राई प्रतियोगिताभरिकै ११ गोल गरेर हाइ स्कोरर र फाइनल खेलको म्यान आफ द म्याच घोषित बने । यस्तै सर्वोउत्कृष्ट खेलाडी विजेता टिमकै जोन सुब्बा, बेष्ट गोल किपर सन्तोष राई, डिफेन्डर बिजय (किम्जो)ं राई घोषित भए ।
यसैगरी उत्कृष्ट मिड फिल्डर उपबिजेता टिमका क्याप्टेन लोकेन्द्र राई र उत्कृष्ट फवार्ड सुर्य शिवा घोषित भए । फाइनल खेलमा उप–प्रमुख देविमाया काफ्ले, नगरका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की, आयोजक वडा नं. २ नं. वडा अध्यक्ष नैना साम्पाङ, ४ नं. वडा अध्यक्ष लोककिरण न्यौपाने, पूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes