मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे नगरपालिका विजयी - Pahilo Online

मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे नगरपालिका विजयी

writer

पहिलो अनलाइन

पथरी  । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ । आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाले कानेपोखरी गाउँपालिकालाई २ को विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलमा पथरीशनिश्चरेको तर्फबाट सागर श्रेष्ठले पहिलो गोल गर्नुभयो । यस्तैगरी कानेपोखरीको तर्फबाट चरण गुरूङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि पथरीशनिश्चरेका खेलाडीहरू क्रमशः इन्द्रमणि सुवेदी, हेमचन्द्र बुढाथोकी र बालकृष्ण राईले सुन्दर गोलहरु गरे । खेलको दोस्रो हाफमा कानेपोखरीका तर्फबाट भुवन लिम्बुले गोल गरे । अन्ततः निर्धारित समयमा ४–२ गोल अन्तरले कानेपोखरी पराजित भयो ।
पथरी शनिश्चरे नगरपालिकाको टिम प्रमुख प्रशासकीय अधिकृत शशि राईको कप्तानीमा खेल मैदानमा उत्रिएको थियो भने टिमको कोच लेखा प्रमुख पिताम्बर वस्तीले सम्हाल्नुभएको थियो । यस्तै कानेपोखरीका तर्फबाट चरण गुरुङले टिमको कप्तानी गर्नुभएको थियो ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका हेमचन्द्र बुढाथोकी घोषित हुनुभयो । सो प्रतियोगिताको प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापो र उप–प्रमुख देविमाया काफ्लेले विजेता टिम र उप–विजेता टिमलाई सिल्ड र खुकुराको भाले प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको आयोजना वडा नं. २ ले गरेको हो । वडा नं. २ को आयोजनामा भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भइरहेको छ । सोही प्रतियोगिताको शो म्याचको रुपमा दुई पालिका बीच खेल आयोजना गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । भेट्रान खेलको फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes