सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान - Pahilo Online

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान

writer

पहिलो अनलाइन

पथरी । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको समन्वयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख उषा झा प्रमुख अतिथि साथै शिक्षा विकास तथा समन्वय इकाइ मोरङका इकाइ प्रमुख टंक प्रसाद गौतम विशिष्ट अतिथि रहनु भएको थियो । यसैगरी कार्यक्रममा वडा अध्यक्षहरू, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका २ जना सहजकर्ता जसबहादुर कार्की र चन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानका लागि तयार गरिएको संकल्प प्रस्ताव सबैको राय सुझाव संकलन गरी पारित गर्ने र सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाले विशेष जोड दिँदै आएको साथै यसका लागि सबैको सहकार्य आवश्यक रहेकोले सबै सरोकारवाला पक्षहरूलाई यसका लागि लागि पर्न नगर प्रमुख तुम्वापोले अनुरोध गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes