पथरीशनिश्चरेमा ४ दिनदेखि निरन्तर ब्लिचिङ औषधि छिटिदै - Pahilo Online

पथरीशनिश्चरेमा ४ दिनदेखि निरन्तर ब्लिचिङ औषधि छिटिदै

writer

 

पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा ४ दिनदेखि सार्वजनिक स्थानहरुलाई भाइरसमुक्त क्षेत्र बनाउन ब्लिचिङ औषधि छिट्ने काम भइरहेको छ ।

नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् सुरु भएकोमा हालसम्म १ र ६ नम्वर वडामा छिट्ने काम सम्पन्न भएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । साथै सवै वडाका मुख्य चोक चोकमा बेलबारी नगरपालिकाको दमकलमार्फत औषधि छिटिएको छ र अन्य भित्री सडकहरुमा नगरकै गाडीमार्फत छिट्ने काम क्रमशः भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन आफैं गाडी चलाएर औषधि छिट्ने काममा विशेष रुपमा लाग्नु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes