इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित - Pahilo Online

इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित

writer

जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट तीनओटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको जानकारी दिए ।

उनकाअनुसार जिल्लाका अतिप्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा र्पुयाइएको छ । पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपत्कालीन राहत सहायता प्रदान गरिएको छ ।

प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपत्काल घोषणा गरिएको पनि जानकारी दिए । प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए । इन्डोनेसियाको जलवायु विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीपसहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes