इन्ट्रा फाउन्डेसनद्वारा एम्बुलेन्स हस्तान्तरण - Pahilo Online

इन्ट्रा फाउन्डेसनद्वारा एम्बुलेन्स हस्तान्तरण

writer

पहिलो अनलाइन

पथरी   इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गरे । सो अवसरमा उनले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्य चौकीको शुभारम्भ समेत गरे ।

भुटानबाट नेपाल हुँदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै स्वास्थ्य चौकी सुरु गरिएको हो । इन्ट्रा फाउण्डेशन र डिल्ली अधिकारीको सामुदायिक परियोजनाअन्तर्गत शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी सुरु गरिएको जनाइएको छ । त्यसअवसरमा मुख्यमन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली लगानीकर्ताका लागि कोशी प्रदेशमा लगानी गर्न आह्वान गरे । उनले कोशी प्रदेशमा लगानी गर्न आग्रह गर्दै लगानीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

उनले इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले पु¥याएको योगदानको चर्चा गर्दै शिविर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने समेत उल्लेख गरे ।

इन्ट्रा फाउण्डेशनका संस्थापक डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकजुट गराउने उद्देश्यका साथ इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको स्थापना भएको बताए । उनले भने, “इन्ट्रा फाउण्डेशनले विश्वका जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि काम गर्दै आएको छ । यसको मूल उद्देश्य नेपाल र नेपालीको सेवा गर्नु हो ।”

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes