मनाङ र थ्री स्टारको २–२ गोलको बराबरी - Pahilo Online

मनाङ र थ्री स्टारको २–२ गोलको बराबरी

writer

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता थ्री स्टारले बनाएको थियो । २० औं मिनेटमा भारतीय खेलाडी लालरम्मावियाले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । हालै थ्री स्टारमा अनुबन्ध भएका लालरम्मावियाले पहिलो खेलमै २० यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे ।

पहिलो हाफमा १–० ले पछि परेको मनाङ दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४९ औं मिनेटमा अन्जन बिष्टले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–१ को बराबरीमा ल्याए । आफ्नो डिबक्समा अशोक खवासले अन्जनलाई फउल गर्दै लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । जसलाई उनले सदुपयोग गरे । थ्री स्टारविरुद्धको गोल अन्जनको यस सिजनको पहिलो गोल हो ।

यस्तै खेलको ६९ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । कप्तान कमल श्रेष्ठले करिब ३५ यार्डबाट उपलब्ध गराएको फ्रिकिकमा अन्जनले हेड गोल गरे । तर, खेलको ८३ औं मिनेटमा लालरम्मावियाले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई हारबाट जोगाए । डिबक्स भित्र पाएको बललाई उनले सहजै गोल गरे । यससँगै लालरम्मावियाले डेब्यु खेलमा थ्री स्टारका लागि दुई गोल गर्न सफल भए ।

खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।थ्री स्टारसँगको बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । १३ अंक जोडेको आर्मी शीर्ष र मछिन्द्र दोस्रो स्थानमा रहेको छ । चौंथो स्थानको थ्री स्टारले ७ खेलमा ११ अंक जोडेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes