‘सरकार र निजी विद्यालयबीच समन्वय राम्रो भएको छैन’ - Pahilo Online

‘सरकार र निजी विद्यालयबीच समन्वय राम्रो भएको छैन’

writer

पहिलो अनलाइन

राजेश कार्की (निर्देशक) माउन्ट हार्मन चिल्डेन एकेडेमी कानेपोखरी गाउपालिका ६ मोरङ

 

दिनचर्या कसरी बिताई रहनु भएको छ ?
पेशा शिक्षा भएकोले बिहान सबेरै विद्यालयमा आएर विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग ग¥यो । विद्यालयको नयाँ क्रियाकलापहरु भित्रयाउने कार्यहरु गरिरहेको छु ।

माउन्ट हार्मन चिल्डे«न एकेडेमीले के कस्ता कार्यहरु गरिरहेको छ ?
विद्यालय भनेको पहिलो कुरा शिक्षा हो । शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा हामीहरु लागि परिरहेका छौं । परम्परागत शिक्षामा नै पढाइरहँदा वर्तमान शिक्षामा उतार्न सकिदैन भनेर हामीहरु चाहीं आधुनिकिकरण गर्नु पर्छ भनेर शैक्षिक गतिविधिहरुका साथै बिभिन्न क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सहभागी गराइरहेका छौं । हामीले विद्यार्थीहरुलाई कितावी ज्ञानदेखि बाहेक अन्य कुराहरु पनि सिकाएका छौं । उनीहरुलाई आफ्ना प्रतिभा प्रस्तुत गर्न एउटा माध्यम बनाएका छौं ।

नेपालको शिक्षा नीति समय अनुकुल छ ?
सरकार एकातिर कुदिरहेको छ, हामी विद्यालयमा एकातिर कुदिरहेका छौं । यो बीचमा सरकार र हामी बीच समन्वय राम्रो भएको छैन । यो चाहीं सरकारी पक्षबाट विद्यालयका प्रधानाध्यापकहरुलाई राखेर सरकारको नीतिका बारेमा स्पष्ट गराएर चाहीं त्यो अनुसारको नीति लगाउने हो भनें धेरै राम्रो हुने थियो । हामी हाम्रा विद्यार्थीहरुलाई कसरी अब्बल बनाउन सकिन्छ भन्ने तिर ध्यान दिइरहेका छौं । त्यतिले मात्र समाजमा पुग्दैन । हामीले समाज परिवर्तन गर्नलाई त विभिन्न क्षेत्रका विद्यालयहरुलाई होइन, यो क्षेत्रमा भएका विद्यार्थीहरुलाई यो ट्रेन्डमा अगाडि बढाउन सकियो भनें राम्रो हुन्छ भन्ने हिसाबले चाहीं कार्यान्वयन भए राम्रो हुने थियो । त्यो नबनी अहिले एकदम दुविधामा छ । एकदेखि ५ सम्म एउटा तह भनेको छ, कक्षा ६ देखि ८ सम्म अर्को तह भनिएको छ । र ८ देखि १२ अर्को तह भनिएको छ । अनि अघिल्लो दिन एउटा नीति बनेर आउँछ र यस्तो करिकुलम लगाउने भन्छ फेरी कहिले होइन यो करिकुलम लागू नगर्नु भनेर आउँछ । यसले गर्दाखेरी अन्यौल छ । अहिले केही परिवर्तन चाहीं आउला । विज्ञहरुले जुन राय दिएका छन् त्यसमा कार्यान्वयन गर्न सरकार फितलो नभई कार्यान्वयन गरे राम्रो हुने थियो ।

नेपालको वर्तमान शिक्षा जीवन उपयोगी छ ?
छैन ए प्लस ल्याउने विद्यार्थीहरुका लागि चाहि अष्ट्रोलिया, अमेरिका त्यो भन्दा मुनि ल्याउने विद्यार्थीलाई चाहीं कतार, मलेशियाका लागि मात्र हामीले उत्पादन गरेका छौं । हाम्रो देशको लागि भनेर हाम्रो शिक्षाले उत्पादन गर्न सकेको छैन । हामीले बिदेशका लागि मेनपावरहरु उत्पादन गरिरहेका छौँ । यसलाई परिवर्तन गर्नुपर्छ । बच्चाको खुवी अनुसार उसले आयमुलक शिक्षा लिन पाउनु प¥यो । त्यसका लागि ठाँउ–ठाँउमा विद्यालयहरु स्थापना गरिदिनु प¥यो ।

गुणस्तरीय शिक्षा बनाउन के गर्नु पर्छ ?
शिक्षा गुणस्तरीय हुनुपर्छ । गुणस्तरीय शिक्षा भन्ने बित्तिकै सुरुमा शिक्षक जोडिन्छ । शिक्षक एसो २ दिन बिताउनको लागि आउने होइन । बच्चाहरुलाई किताबी ज्ञान मात्र होइन अरु प्रतिभाहरु जस्तै गायन, नृत्य, फुटवल जस्ता बिभिन्न खेलहरुको माध्यमबाट सिकाउनु पर्छ । त्यसलाई हामीले समाजमा निकाल्न सक्यौं भनें धेरै राम्रो हुने थियो ।

वैज्ञानिक शिक्षाको चर्चा भइरहे पनि कार्यान्वयन नहुनुको कारण के हो ?
स्थिर सरकार छैन । सरकार परिवर्तन एउटा मुख्य कारण हो । सरकार परिवर्तन भए सँगै त्यहाँका सबै मेकानिजमहरु परिवर्तन हुन्छन् । स्थानिय सरकार भर्खर बन्दैछ, कानुनहरु पनि आइपुगेको छ ।

तपाई एन प्याव्सन मोरङको जिल्ला सदस्य हुनुहुन्छ, एन प्याव्सनले चाही के कस्ता कामहरु गर्छ ?
यो भनेको एउटा संगठन हो । निजि विद्यालयहरुको छाता संगठन हो । यसले निजि विद्यालयहरुको समस्या बुझ्ने हो । निजि विद्यालयहरु एन प्याव्सनमा अवद्ध रहेका विद्यालयहरुबीच बिभिन्न क्रियाकलापहरु गराएर विद्यार्थीहरुमा भएको प्रतिभाहरुलाई बाहिर ल्याउनु मुख्य काम हो ।

तपाई व्यापार संघ कानेपोखरीको सचिव, जनएकता साकोसको सञ्चालक समिति सदस्य र माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीको निर्देशकसमेत हुनुहुन्छ, समय कसरी व्यावस्थापन गर्नुहुन्छ ?
जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै म बिहान ५ बजे विद्यालय आइपुग्छु र म बेलुका ५ः३० सम्म विद्यालयमानै रहन्छु । म भएसम्म विद्यालयबाट निस्किएर हिंड्दिन । मैले व्यापारलाई दिने समय त्यहाँदेखि बाहेकको समय हुन् । जनएकताको समय प्रायः छुट्टिमा दिने गर्छु । एन प्याव्सन भनेको नियमित महिनाको अन्तिम शनिबार बैठक गर्ने गरेका छौं ।

अन्त्यमा केही भन्नु छ कि ?
समाज परिवर्तन सामान्य संस्थाले चाहेर मात्र हुने होइन । समाज गुणस्तर बनाउन, समृद्ध समाज बनाउन, अनुसाशित बनाउन सबै पक्ष सम्लग्न हुनु पर्दछ । समाजमा १६ बर्षभन्दा मुनिका भाइबहिनीहरु दुब्र्यसनमा फसेको देखिरहेका हुन्छौ । त्यसबाट उनीहरुलाई मुक्त गर्न हाम्रो, प्रशासन, समाज र विद्यालय मिलेर लाग्यौं भनें संभव छ । यस कार्यमा लाग्नु पर्छ भन्ने मेरो बिचार छ । सबै जना मिलेर यो क्षेत्रमा लागिपरे भने राम्रो हुने थियो । अब विद्यार्थीहरुको कुरा गर्दाखेरी किताबी कुराहरु मात्र हुनुहुदैन । अनुशासनका कुराहरु पनि सिकाउनु पर्छ र क्रियाकलापहरुमा पनि ध्यान दिनु पर्छ । भोलि उनीहरुले समाजमा दिने योगदानको आजदेखि नै जानकार बनाउनु पर्छ भन्ने मलाई लाग्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes