सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू) - Pahilo Online

सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू)

writer

विराटनगर, २० फागुन । दारी ग्याङको अगुवाइमा विराटनगर महानगरपालिकाको भित्री सडकको सरसफाइ सुरु भएको छ ।

सरसफाइ अभियानमा महानगरपालिकाका प्रमुख भीम पराजुली, विभिन्न युवा समूहहरूको सहभागीता छ । आइतबार १० बजेदेखि विराटनगरको व्यस्त बजार बि प्लटबाट सुरु भएको सफाइ अभियान ३ घण्टासम्म जारी रहयो । सडक सफाइका क्रममा सय बढी युवा सहभागी भएका थिए ।

नगरपालिकाका नगर रक्षक, कर्मचारी, विद्यार्थी तथा युवाहरुको सहभागीतामा हुने सफाइ अभियान दैनिक संचालन हुने दारी ग्याङका संयोजक सविन घिमिरेले जानकारी दिनुभयो । सफाइ अभियानमा सहभागी महानगर प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियतालाई नगरपालिकाले सँधै सहयोग गर्ने बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes