६ नम्बर प्रदेशको नाम कर्णाली - Pahilo Online

६ नम्बर प्रदेशको नाम कर्णाली

राजधानी सुर्खेत तय

writer

पहिलो अनलाइन

सुर्खेत,  १३ फागुन  । सबैभन्दा पछाडि स्थापना भएको प्रदेश नम्बर ६ ले आफ्नो नाम र राजधानीको नामको टुङ्गो लगाएको छ। ६ नम्बर प्रदेशको नाम  ‘कर्णाली’ राखिएको छ । शनिबार बसेको प्रदेश सभाको चौथो बैठकबाट ६ नं. प्रदेशको नाम ‘कर्णाली’ सर्वसम्मतले पारित गरेको छ भने राजधानीको रूपमा ‘सुर्खेत’लाई टुङ्गो लगाएको छ।

वैठकमा प्रदेशको नाम एमालेका संसदीय दलका नेता यमलाल कँडेलले प्रस्ताव गरेका थिए । यस्तै समर्थकमा नेपाली काँग्रेसबाट सांसद् जीवनबहादुर शाही, माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोशिला शाही रहेका थिए ।

प्रदेश सभाले अस्थायी राजधानीका रुपमा तोकिएको सुर्खेतको वीरेन्द्रनगर नै अब स्थायी राजधानी हुने भएको हो । राजधानी सुर्खेत बनाउन नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए ।

एमालेबाट सांसद् अमर थापा, माओवादीका तर्फबाट नरेश भण्डारी र राप्रपाका तर्फबाट सांसद् सोशिला शाहीले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes