मतदाताका समस्या बुझ्दै विभिन्न पालिकामा संघीय सांसद डा. सुनिल शर्मा - Pahilo Online

मतदाताका समस्या बुझ्दै विभिन्न पालिकामा संघीय सांसद डा. सुनिल शर्मा

writer

छविराज ढकाल

पथरी शनिश्चरे / मोरङ क्षेत्र नं ३ का जनताले अत्याधिक बहुमतका साथ विजयी नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.सुनिल कुमार शर्माले यतिवेला पुर्वी मोरङका विभिन्न पालिकाका विकास निर्माणका लागि पहल गर्न दौडाहामा निस्किनु भएको छ।

केही दिन यता आफ्ना मतदाताको घरदैलोमा पुगेर विकास निर्माण र पुर्वाधारहरूका लागि माग र ज्ञापन पत्र ग्रहण गर्दै जनताको सामाजिक समस्याहरू संकलन गरीरहनु भएको हो। दौडाहाकै क्रममा उहाँले पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दर हरैंचा, लेटाङ्ग, लगायतका विभिन्न बालिकाहरूका जनगुनासो र मागहरूलाई संबोधन गर्ने वचनबद्धता र पहल गरीरहेको सन्देश दिई रहनुभएको छ ।

यसैबिच, आज पथरीशनिश्चरे वडा न. १ मन्दिर लाइनमा आयोजित एक कार्यक्रममा संघीय सडक डिभिजन कार्यालयबाट २ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त भएकाले हाल मन्दिरलाईनदेखि बुद्ध चोक सम्मको सडक पुन: निर्माणको काम भैरहेको जनाउनु भयो। आज सोमबार प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र सडक बोर्डको कार्यकारी निर्देशक गणेश केसीको नेतृत्वमा मोरङ क्षेत्र न. ३ को सडकहरुको अनुगमन गरेका हुन्।

सो टोलीले कानेपोखरी आइतबारे हुँदै सुन्तली सडक, पथरी शनिश्चरे १ को मन्दिर लाइन, रिगुवा सम्झाना चौक हुँदै किर्तिपुर जोडने र पिपल चौक, आइतबारे, देवीगंज हुँदै हुनमान चौक जोडने सडकको अनुगमन गरेकाे थियाे । अनुगमनका क्रममा कोशी प्रदेश सभा सदस्यद्धय मानबहादुर लिम्बु, गिता तिम्सीना र सडक डिभिजन मोरङका प्रमुख राजेन्द्र प्रसाद शाहको सहभागिता रहेको थियो ।

जनताको माझमा अब बिभिन्न सडकहरुको काम गर्नको लागि आफुहरु आएको प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले बताउनुभयो । अनुगमनमा आएको टोलीलाई नेपाली कांग्रेसका क्षेत्रिय सभापति गणेश खड्का र कविता पराजुलीले माला लगाएर स्वागत गरेका थिए । सोहि टोलीसित वडा नं ०३, ०४ लगायतका वडाहरूका जनप्रतिनिधिहरू र स्थानियले आवश्यक छलफल र परामर्श गरी मुख्य सडकहरूमा स्तरोन्नतिका लागि गरेका थिए।

उक्त अवसरमा प्रदेश सांसद्वय मान बहादुर लिम्बु र गीता तिम्सिना, सबडिभीजन कार्यलयका प्रमुख राजेन्द्र शाह , नेपाली काँग्रेस मोरङ जिल्ला सचिव ललीत श्रेष्ठ, मोरङ -३ का नेका क्षेत्रीय सभापति गणेश खड्का, महासमिति सदस्य नगेन्द्र वहादुर सुब्बा, लोकनाथ खरेल लगायतको उपस्थिति रहेको माननीय प्रदेश सांसद मान बहादुर लिम्बुका स्वकीय सचिव सुमन विकले जानकारी दिनुभयो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes