कानेपोखरीमा एमाले परित्यागको लहर, युवा नेता श्याम राजबंशी राष्ट्रिय उर्जाशील पार्टीमा समाहित - Pahilo Online

कानेपोखरीमा एमाले परित्यागको लहर, युवा नेता श्याम राजबंशी राष्ट्रिय उर्जाशील पार्टीमा समाहित

writer

पहिलो अनलाइन

श्याम राजबंशी

कानेपोखरी (मोरङ) — कानेपोखरी गाउँपालिकामा नेकपा एमाले परित्याग गर्ने क्रम तीव्र बन्दै गएको छ। सोही क्रममा कानेपोखरी–२, दलेली राजबंशी टोलका सक्रिय युवा नेता श्याम राजबंशीले नेकपा एमाले पार्टी परित्यागको घोषणा गरेका छन्।

राजबंशीले आफू हालसम्म नेकपा एमालेको सक्रिय कार्यकर्ताको रूपमा इमानदारतापूर्वक काम गर्दै आएको भए पनि अबदेखि पार्टीका कुनै पनि गतिविधिमा सहभागी नहुने स्पष्ट निर्णय गरेको बताएका छन्। उनले पार्टीभित्र हाल ‘ओली प्रवृत्ति’ पूर्ण रूपमा हाबी भएको आरोप लगाउँदै तलदेखि माथिसम्म हैकमवादी सोच, नातावाद, भ्रष्टाचार, बेथिति, हजुरी प्रथा र व्यक्तिवादी शासन शैलीले पार्टीलाई जकडेको बताएका छन्।

उनका अनुसार पार्टीभित्र कार्यकर्ता र जनताको आवाज दबाइने, आलोचना सहन नसकिने र नेतृत्वलाई प्रश्न गर्न नपाइने अवस्था सिर्जना गरिएको छ। पार्टी जनताको हितभन्दा केही व्यक्तिको वरिपरि मात्र घुम्ने संरचनामा सीमित बन्दै गएको देखेर आफूले पार्टी परित्याग गर्ने निर्णय गरेको उनले उल्लेख गरेका छन्।

राजबंशीले सबै न्यायप्रेमी र परिवर्तन चाहने जनसमुदायलाई सचेत रहन आग्रह गर्दै पूर्व माननीय योगेन्द्र मण्डल (जोगी)को नेतृत्वमा रहेको राष्ट्रिय उर्जाशील पार्टी नेपालमा समाहित भएको औपचारिक घोषणा गरेका छन्।

अब आफू हैकमवाद, व्यक्तिवाद र भ्रष्ट राजनीतिका विरुद्ध उभिएर जनताको हक–अधिकार, इमानदार राजनीति र वास्तविक परिवर्तनका लागि राष्ट्रिय उर्जाशील पार्टी नेपालमार्फत संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles