जीवनभर समाजका लागि समर्पित पर्शुराम कार्की - Pahilo Online

जीवनभर समाजका लागि समर्पित पर्शुराम कार्की

writer

पहिलो अनलाइन

शनिश्चरे । कुनै व्यक्तिको जीवनको मूल्य उसले बाँचेको वर्षले मात्र होइन, समाजका लागि गरेको योगदानले निर्धारण गर्छ । मोरङको पथरीशनिश्चरेका स्वर्गीय पर्शुराम कार्की त्यस्ता व्यक्तित्व थिए, जसले आफ्नो सम्पूर्ण जीवन सामाजिक सेवा, विकास निर्माण, सहकारी अभियान, व्यवसाय र राजनीतिमार्फत समाजको हितमा समर्पित गरे । उनको निधनले एउटा परिवारले अभिभावक मात्र गुमाएको छैन, पथरीशनिश्चरेले एक कर्मशील, निष्ठावान र दूरदर्शी सामाजिक अभियन्ता पनि गुमाएको छ ।

वि.सं. २०११ वैशाख २८ गते भोजपुरको कुलुङमा जन्मिएका पर्शुराम कार्की पिता निलबहादुर र माता देवीमाया कार्कीका सुपुत्र हुन् । जीवनको प्रारम्भिक संघर्ष पार गर्दै उनले पथरीशनिश्चरेलाई आफ्नो कर्मभूमि बनाए ।

पर्शुराम कार्कीको परिचय केवल सफल व्यवसायीका रूपमा सीमित थिएन । उनी समाजका हरेक विकास अभियानमा अग्रपंक्तिमा देखिने नेतृत्वकर्ता थिए । पथरी शनिश्चरे नगर विकास समितिको अध्यक्ष, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष, भागिरथ मावि व्यवस्थापन समिति अध्यक्ष, पथरी बहुमुखी क्याम्पस सञ्चालक समिति संस्थापक सदस्य, कुशेचौरी कृषि सहकारी संस्था अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थामा अध्यक्ष, उपाध्यक्ष तथा सदस्यका रूपमा रहेर उनले उल्लेखनीय योगदान पु¥याए । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामुदायिक भवन निर्माण र सामाजिक एकताका अभियानमा उनको सक्रिय भूमिका सधैं स्मरणीय रहेको छ ।

राजनीतिक जीवनमा पनि उनी नेपाली कांग्रेसका क्रियाशील सदस्यबाट स्थानीय तहदेखि जिल्ला र केन्द्रीय तहसम्म संगठन निर्माणमा योगदान दिँदै उनले पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गरे । उनको राजनीति सत्ता प्राप्तिको माध्यमभन्दा पनि समाज परिवर्तनको अभियान थियो ।

सरल स्वभाव, इमानदार व्यवहार र सहयोगी मन भएका पर्शुराम कार्की सबैका प्रिय थिए । समाजमा कुनै समस्या पर्दा अग्रसर भएर समाधान खोज्ने उनको बानीले उनलाई जनप्रिय बनाएको थियो । उनले पदभन्दा सेवा र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई सधैं प्राथमिकता दिए ।
वि.सं. २०८३ असार २१ गते विराट नर्सिङ होम, विराटनगरमा उपचारका क्रममा उनको निधन भए पनि उनले समाजमा छोडेर गएका योगदान र आदर्श कहिल्यै मेटिने छैनन् । उनको कर्म, नेतृत्व र सेवाभावले पथरीशनिश्चरेको इतिहासमा एउटा प्रेरणादायी अध्याय थपेको छ ।

आज स्वर्गीय कार्कीलाई सम्झँदा एउटा कर्मयोगी, समाजसेवी, विकासप्रेमी र जिम्मेवार अभिभावकको छवि आँखाअगाडि उभिन्छ । उनका अधुरा सपना पूरा गर्नु र उनले देखाएको सेवाको बाटो पछ्याउनु नै उनको स्मृतिप्रति साँचो सम्मान हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles