छविराज ढकाल
मोरङको पथरी शनिश्चरे–२ मा रहेको पथरी नगर अस्पतालबाट विभिन्न स्वास्थ्य सेवाहरू थप गर्दै लगेको छ। अत्याधुनिक उपकरणहरूको प्रयोग गरी दैनिक तथा साप्ताहिक विशेषज्ञ डाक्टरहरु सहित आकस्मिक, बहिरङ्ग तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको हो।
यस अस्पतालले विगत केही वर्षदेखि हालसम्ममा १५ बढि स्वास्थ्य सेवाहरू सञ्चालन गरिरहेकोछ। यस नगर अस्पतालमा हालसम्ममा नेपाल सरकारले तोकेका ९८ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध हुँदै आएको छ। यहाँका सेवाग्राहीले बीमाबाट समेटिने विभिन्न रोगको निःशुल्क उपचार सेवा उपलब्ध छन्। विसं।२०६७ साउन १ गतेबाट ५ बेड सहितको सेवा शुरू गरेको नगर अस्पतालले गत आर्थिक वर्ष २०८०–०८१ मा ९३ हजार दुई सय ३६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। जसमध्ये ८८ हजार तीन सय ३१ जनाले बीमा बापतको सुविधा उपयोग गरेका थिए।
यस बर्ष पनि उक्त पथरी नगर स्वास्थ्य कार्यालयले सोही तथ्याङ्कको पेरिफेरीमा रहेर स्वास्थ्य सेवा प्रदान गरेको छ । पछिल्लो समय यस नगरभित्रका १० वटै वडाहरूमा स्थापना भएका छन् । वडा नम्बर १,३,४,६,७,८ र १० मा ७ वटा आधारभूत स्वास्थ्य केन्द्रहरू, वडा नम्बर ५ र ९ मा दुई वटा स्वास्थ्य चौकी र वडा नम्बर २ मा एउटा पथरी नगरअस्पतालले विभिन्न स्वास्थ्य सुविधाहरू प्रदान गर्दै आएको छ। गत वर्षदेखि वडा नम्बर १० स्थित भुटानी शरणार्थी शिविरमा पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा(फाउन्डेसन अफ अमेरिकाबीच सम्झौता भई थप एक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। उक्त स्वास्थ्य केन्द्र मार्फत लामो समयदेखि शरणागत जीवन बिताइरहेका भुटानी शरणार्थीहरुका लागि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्यले जानकारी दिनुभयो। इन्ट्रा फान्डेसनले बिमारीहरूको सहजताका लागि एक एम्बुलेन्स पनि प्रदान गरि हाल सञ्चालनमा रहेको छ।
मदन भण्डारी ट्रमा सेन्टर सँगको सहकार्यस्( पछिल्ला वर्षहरूमा यस पथरी नगर अस्पतालले विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूबाट पथरी शनिश्चरे नगरवासीहरूलाई स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यो नगरअस्पतालले नजिकैमा रहेको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी ट्रमा सेन्टर व्यवस्थापन समितिसँग समन्वय गरी त्यहाँका विशेषज्ञ डाक्टरहरूबाट यस नगरपालिकाभित्र र आसपासका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको पाइन्छ।
नाक, कान, घाँटी, आँखा, दन्त, प्रसूति, पाठेघरको मुखको क्यान्सर ९स्क्रिनिङ० , मनोरोग, रक्त परीक्षण , एक्स(रे लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको यस नगर अस्पतालले पछिल्ला दिनहरूमा विभिन्न प्रकारका उपचार सेवालाई पनि विस्तार गर्दै लगेको छ। २४ सैं घण्टा प्रसुति सेवा उपलब्धस्( यस अस्पतालबाट २४ सैं घण्टा प्रसुति सेवा प्रदान गर्दै आइरहेको उक्त अस्पतालमा आकस्मिक तथा वहिरंग सेवा, दैनिक ओपिडी सेवा, दैनिक भिडियो एक्स( रे जस्ता स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी, हप्ताको तीन दिन हाडजोर्नी तथा नशा, फिजिसियन, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनरल सर्जरी सेवा उपलब्ध हुँदै आएको छ भने साताको दुई दिन नाक, कान र घाँटी विशेषज्ञको सेवा र छालारोग ९एक दिन०,कालाज्वार, ज्वरो, मलेरिया,टाईफोईड, चोटपटक लगायतका अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा पथरी नगरअस्पतालका प्रमुख मुरारी आचार्यले बताएका छन्।
उनले भिटामिन डी, बि, बि टुवेल ९१२०, थाईराइड जस्ता रोगहरूको अत्याधुनिक उपकरणहरू सहितको प्रयोगशालाबाट स्वास्थ्य सेवाहरू उपलब्ध भइरहेको छ । र, नगर अस्पतालबाट अहिले दन्त सेवा पनि एक विशेषज्ञको सेवा उपलब्ध भइरहेको छ। हाल टिपीओ नेपाल र पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा दैनिक मनोविमर्श सेवा, फिजियोथेरापी, आँखा तथा कान रोग ,परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन ,खोप , परिवार नियोजन कार्यक्रम , डेंगु प्रकोप तथा मौसमी महामारी नियन्त्रण जस्ता विभिन्न स्वास्थ्य कार्यक्रमहरु सबै आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत सञ्चालित छन्। दैनिक रुपमा विषादीयुक्त खाद्यान्न पदार्थको उपभोग, सन्तुलित खानपान , विलासीपूर्ण जीवनशैलीका कारण सुगर र प्रेसरका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। अस्पतालमा आउने सबैभन्दा बढी सुगर र प्रेसरका बिमारीहरू रहेको पथरी नगर अस्पतालका प्रशासन प्रमुख यामबहादुर खड्काले बताएका छन्।
कस्मेटिक वस्तुको बढ्दो प्रयोगले पनि छाला रोगीहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। पछिल्लो समयमा सौन्दर्य विशेषज्ञहरूको धेरै नै ठुलो माग छ। प्रत्येक हप्ताको एकपटक सौन्दर्य विशेषज्ञले यहाँ आएर सेवा प्रवाह गरिरहनुभएको छ। नयाँ भवन हस्तान्तरणमा ढिलाईस्( यस पथरी नगर अस्पताल परिसरमा अर्को नयाँ सुविधा सम्पन्न १५ बेडको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट अहिले भुइँमा टायल बिछ्याउने र वालमा टायल्स लगाउने काम भइरहेको छ। १७० मिटर लम्बाइ र २५ मिटर चौडाईको क्षेत्रफलमा निर्माण भइरहेको उक्त १५ सैयाको भवन खुस्बु कन्स्ट्रक्सन विराटनगरले एक वर्षको म्याद थपिँदा पनि अझै निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्न सकेको छैन। पूर्ण सम्पन्न गर्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको छ भने सोही कम्पनीले चार कोठाको एउटा शवगृह ९मर्चरी हाउस० पनि निर्माण गरिसकेको छ। कुरुवा कक्ष र टायल्स बिछाउने काम भने बाँकी नै छ।
नगर अस्पताल परिसरमा निर्माण भइरहेको सो नयाँ सुविधा सम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको रेखदेख समितिका सदस्य एवम् जग्गादाता बाबुराम राई बताउनुहुन्छ। करिब २३ कट्ठा क्षेत्रफल ओगटेको यस अस्पताल परिसरमा हाल निर्माणाधीन १५ बेडको नयाँ भवनलाई अविलम्ब रोगमा ल्याउन सके नेपाल सरकारको मापदण्ड अनुसार स्वास्थ्य कार्यक्रम र सेवाहरू अझै प्रभावकारी ढंगले प्रवाह गर्न सकिने विश्वास नगर स्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ।
अहिले नै फिजियोथेरापी सेवा र आँखाको सेवा पनि यस अस्पतालले संचालन गरिरहेको छ। यी दुवै सेवा १५ बेडको अस्पतालले दिने सेवा भित्र पनि पर्दैनन्। ११ सय विपन्न परिवारलाई निस्शुल्क स्वास्थ्य जीवन बिमास्( मोरङको पथरी शनिश्चरे नगरपालिकाका अति विपन्न परिवारका १ हजार १ सय बढी नागरिकहरू स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुनुभएको छ।
नगरका १० वटै वडाका वडा कार्यालयबाट १ सय विपन्न परिवारलाई छनौट गरी सिफारिश गरिएका र नगरपालिकाका तर्फबाट छुटपुट थप एक सय अति विपन्न नागरिक सहित कुल १हजार एक सय विपन्नलाई चालु आर्थिक वर्ष २०८१र०८२ मा नगर स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवा उपलब्ध गराएको हो। उहाँहरूको स्वास्थ्य उपचारका लागि पथरी शनिश्चरे नगरको स्वास्थ्य शाखाले वार्षिक ४० लाख रुपैयाँ बराबरको बजेट खर्चदै आएको छ।। आँखा उपचार सेवा सञ्चालनमास्( जनता र सेवाग्राहीको बढ्दो मागलाई ध्यानमा राखी विराटनगर आँखा अस्पतालसँग सहकार्य गरेर आँखा सम्बन्धी स्वास्थ्य सेवा सुचारु गरिएको छ।
विराटनगरको आँखा अस्पतालसित समन्वय र समाजकल्याण परिषद्ले पनि बेलाबेला यहाँबाट प्रदान गरिएका सेवाहरू बारेमा निरीक्षण र अवलोकन भइरहेको छ। संयुक्त राष्ट्रसङ्घको टिम, अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिहरूको टोलीले बेला मौका यहाँबाट प्रवाह भइरहेको सेवाहरू अवलोकन तथा निरीक्षण गर्दै आएको छ। स्वास्थ्य मन्त्रालय पनि नगर अस्पताललाई नजिकबाट निंयालिरहेको अवस्था छ। एक बिगाहा बढी स्थानीयद्वारा निस्शुल्क जग्गा दानस्( स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यसहितले स्थानीय जग्गादाताको सहयोगमा एक विगाहभन्दा बढी जग्गादान भएको र अस्पताल सञ्चालन यथाशिघ्र चाँडो समुद्घाटन गरी नगरवासीलाई स्वास्थ्यको पहुँच पुर्याउन प्रयास भइरहेको बताउनुभयो।
भवन निर्माण भएसँगै १५ शय्याको आधुनिक उपचार कक्षहरू निर्माण हुँदैछन्। हाल उपचार सेवाको लागि प्रयोग भइरहेको मुख्य पथरी नगर अस्पतालको भवन चाहिँ वि। सं २०५८ सालमा स्थानीय तहको निर्वाचन अगावै स्थानीय जग्गादाताले जग्गा प्रदान गरेपछि केन्द्र सरकारको बजेटमा बनेको थियो। । एक करोड १२ लाखको लागतमा १८ कोठे दुईतले भवन निर्माण भएको थियो ।
त्यो बेला स्थानीयको ठूलो उत्साहमा ११ जनाले ५ करोडभन्दा बढी मूल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गरेका थिए। दानवीर जग्गा दान जग्गादाताहरू क्रमश स् बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले तीन(तीन कट्टा, श्रीनारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहाल , शिव शंकर ढकालले एक(एक कट्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ्ग, यज्ञ प्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०र१० धुर जग्गादान गरेका थिए ।
महिला तथा बालबालिका सम्बन्धी स्वास्थ्य सेवास्( यस पथरी शनिश्चरे नगरपालिकाभित्रको १० वटै स्वास्थ्य संस्थाहरूबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको छ यो कार्यक्रमलाई थप व्यवस्थित सञ्चालन गर्न विभिन्न वडाका आधारभूत स्वास्थ्य केन्द्रबाट रेफर भइ आएका बिमारीलाई नगर अस्पतालमा उपलब्ध गाइनोलोजिस्ट डाक्टरले चेकजाँच गर्ने र आवश्यक परे नजिकैको मदन भण्डारी ट्रमा सेन्टरमा थप उपचार गर्ने सेवा प्रवाहका लागि समन्वय गरिएको छ। महिला रोगसँग सम्बन्धित समस्याहरू नगरभित्र थुप्रै रहेकाले नियमित रुपमा स्त्री रोग विशेषज्ञहरूबाट हप्तामा तीनपटक ओपिडी सेवा सञ्चालन भइरहेको छ। थप सेवा दिन परेमा हाइयर सेन्टरमा पनि पठाउने गरिएको छ।
महिला तथा बालबालिका सम्बन्धी रोगहरू न्यूनीकरण गर्न फुल टाइमर जनरल एमबिबिएस डाक्टर र एकजना पिडीएस ९ दाँतको डाक्टर ० ले नियमित स्वास्थ्य सेवा प्रवाह गरिरहनुभएको छ। नजिकैको ुक्युजु सामुदायिक अस्पतालबाट पनि नगर अस्पतालमा उपचार उपलब्ध भइरहेको छ। नाक कान घाँटीका डाक्टर मदन भण्डारी ट्रमा सेन्टर बाट उपलब्ध नहुनु भएको १० देखि ४ वजेको समयावधिमा जनताको सेवाका लागि अरु अस्पतालबाट पनि डाक्टरहरु ल्याएर सर्वसुलभ ढंगले सेवा दिन प्रयत्न भइरहेको छ। एकीकृत बालरोग व्यवस्थापन सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा मेडिकल अफिसरबाट पनि यस अस्पतालमा सेवा प्रवाह भइरहेको छ।
बालबालिकाको स्वास्थ्य जाँच गर्न यस अस्पतालमै ई।एच। एस। अथवा विशेषज्ञ सेवाको रूपमा क्युज अस्पतालबाट बालरोग विशेषज्ञ हप्तामा तीन दिन आएर चेकजाँच तथा उपचार भइरहेको हो। यसैगरी, विगत तीन वर्षअघिदेखि छिमेकी उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी ट्रमा सेन्टर को व्यवस्थापन समितिसँग समन्वय गरी कार्यालय समय बाहिरको अतिरिक्त समयमा बिहान ७ बजेदेखि १० बजेसम्म त्यहाँका सम्पूर्ण विशेषज्ञ डाक्टरहरुबाट सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ।
ठूला अस्पतालले साना अस्पतालहरुलाई सेवा दिंदै आइरहेको छ। यो मोडेलको प्रशंसा गर्दै नेपाल सरकारले अन्य क्षेत्रमा पनि नमुना कार्यक्रमको रुपमा संचालनमा ल्याएको छ। भुटानी शरणार्थी शिविरमा एक छुट्टै स्वास्थ्य केन्द्र स्थापनास्( पथरी शनिश्चरे नगरपालिकामा सन् १९९० देखि नै भुटानी शरणार्थीहरूले आफ्नो शरणागत जीवन बिताउँदै आएका छन्। वडा नम्बर १० को शिबिर डाँडाको नामले परिचित यस क्षेत्रमा ३५ वर्षअघिदेखि ३५०० भन्दा बढी नेपाली मूलका भुटानी शरणार्थीहरूले शरणागत जीवन बिताउँदै आइरहनुभएको छ।
उनीहरूको प्राथमिक स्वास्थ्य उपचार देखि जटिल उपचार सेवालाई सहयोग गर्न अन्तर्राष्ट्रिय संस्था( ईन्ट्रा फाउन्डेसन अफ अमेरिकाको सहयोगमा पथरी शनिश्चरे नगरपालिकाको समन्वय गरी एउटा एम्बुलेन्स सञ्चालन भइरहेको छ भने थप स्वास्थ्य उपचारका लागि पथरी र शनिश्चरे क्षेत्रमा रहेका विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूले उपचार सेवा उपलब्ध गराउँदै आएका छन्।
सुरुवाती अवस्थामा यु। एन। एच। सि। आर। अन्तर्राष्ट्रिय संस्थाले सम्पूर्ण यस नगर अस्पताललाई आवश्यकीय उपकरण र औजारहरू जस्तै स्( एक्सरे, सिआर एक्सरे, भिडियो एक्सरे, बेड, मेसिन एम्बुलेन्स, इमर्जेन्सी इन्डोर्स, आदि युएनएचसीआरको आर्थिक सहयोग र एल।डब्लु।एफ।को प्राविधिक सहयोगमा निर्माण भएको भवनमा आकस्मिक तथा अन्तरङ्ग सेवा सञ्चालन भइरहेको छ। कोभिडको बेला उक्त भवनलाई आइसोलेसन सेन्टर रूपमा प्रयोग गरिएको थियो। अहिले त्यहाँ इमर्जेन्सी, इन्डोर, फिजियोथेरापी , सामान्य ओ।टी।, ड्रेसिङ ,इसीजी रुम, जस्ता सेवाहरू सञ्चालन भइरहेका छन्। क्षयरोगको अवस्थास्( यो पालिकामा पनि क्षयरोगीहरूको सङ्ख्या बढी नै छ।
हाइ इन्सिडेन्ट अर्थात् उच्च जोखिम भएको पालिकाको रूपमा यो पालिकालाई चिनिन्छ। तर अहिले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय क्षयरोग केन्द्रको अभियान अनुसार क्षयरोगमुक्त पालिका घोषणा गर्न गत आर्थिक वर्ष २०१८र०८१ बाट सुरु गरिएको छ। उक्त राष्ट्रिय कार्यक्रम अनुसार क्षयरोग न्यूनीकरणका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
भर्खरै मात्रै एआई प्रविधिबाट छातीको यसले गरेर ुअन द स्पोर्टु बिमारी पत्ता लगाएर औषधि सेवन गराइएको छ जसबाट १९(२० जना नयाँ फोक्सोका क्षयरोगी उपचार भइरहेको छ। यस पालिकाले सात वर्षसम्म क्षयरोगमुक्त कार्यक्रम सञ्चालन गर्नेछ। राष्ट्रिय क्षयरोग नीति अनुरुप यो रोगलाई निर्मूल बनाउने लक्ष्य हो। छोरीको संख्या प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा मुनि ल्याउने लक्ष्य राखिएको छ। अस्वस्थ खानपानका कारण नसर्ने रोगहरूको प्रकोप बढ्दो स्( दिनहुँजसो अहिले नसर्ने रोगहरूको एकदम ठूलो प्रकोप बढेको छ। अस्पतालमा आउने दैनिक बिमारीहरू फिजिसियन डाक्टरहरूको सेवा र परामर्श लिन आउनेहरूको भीड देखिन्छ।
विशेषतः नसर्ने रोगहरू जस्तैः सुगर, प्रेसर, क्यान्सर, मृगौला फेल, कलेजोको रोग, मुटु रोग, थाइराइड, जस्ता रोगका रोगीहरू यस नगरपालिकामा पनि प्रशस्तै बढ्नु बढेको देखिन्छ। अस्वस्थ खानपान, भड्किलो रहनसहन, अनियमित शारीरिक व्यायाम र साधना लगायतका कारणले यस्ता रोगीहरूको संख्या अत्याधिक रूपमा बढेको छ। र अहिले अस्पतालमा सबैभन्दा बढी यस्तै रोगीहरूको अत्याधिक चाप छ। यस विषयमा राज्यले पनि बढी चासो दिएर विशेष नीति बनाउन र कार्यक्रमहरू सञ्चालन गर्न जरुरी भइसकेको छ।
पछिल्लो समयमा यस नगरमा रहेको स्वास्थ्य शाखाले यस्ता रोगीहरूलाई ध्यानमा राखेर दैनिक सेवा उपलब्ध गराउँदै आइरहेको छ। दैनिक रुपमा फिजिसियन सेवा सञ्चालन भइरहेको छ। यसैगरी रेडियोलोजीको सेवा पनि हप्ताको छ दिन दिइरहेको छ। सर्जरी सम्बन्धी सेवा स्( जनरल सर्जरीका लागि यस अस्पतालमा जनरल सर्जन पनि आएर सेवा दिइरहेका छन्। मदन भण्डारी ट्रमा सेन्टरबाट सो सेवा दिइरहेको हो। अप्रेसन थिएटर नभएका कारण अप्रेसन गर्नुपर्ने जिम्मेवारीलाई उतै मदन भण्डारी ट्रामा सेन्टरमा रेफर गर्ने गरिएको छ।
सेवाग्राही बिमारीले त्यहाँबाट पनि सर्वसुलभ ढंगले सेवा लिइरहनु भएको छ। निर्माणाधीन १५ बेडको नयाँ भवनमा रंगरोगन हुँदैस्( नेपाल सरकारको मापदण्ड अनुसार १५ बेडको नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। अहिले रङरोगन र टायल्स लगाउने काम पनि भइरहेको छ। विक्रम सम्वत् २०६७ असार ११ गतेदेखि सानो स्वास्थ्य चौकी हुँदै सुरु भएको स्वास्थ्य सेवा निकट भविष्यमै नेपाल सरकारले तोकेको सुविधा सम्पन्न १५ बेडको नयाँ भवनबाट दिने प्रयत्न भइरहेको नगरका स्वास्थ्य शाखा प्रमुख प्रसाद आचार्यले सुनाउनुभयो। उहाँले ठेकेदार कम्पनीले हस्तान्तरण गरेपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
नियमित सेवाहरू थप विस्तार गरिँदैस्( यतिबेला पुरानै भवनहरूबाट माइनर ओटी सेवारु प्रभाव भइरहेको छ भने नयाँ भवन हस्तान्तरणपछि अप्रेसन थिएटर पनि यहाँ यसै अस्पतालमा सुचारु हुँदैछ। साथै मदन भण्डारी ट्रमा सेन्टरका विशेषज्ञ डाक्टरहरूले उपलब्ध गराउनु भएको बिहान बेलुकाको अतिरिक्त सेवा सहित दिउँसोको समयमा पनि अन्य डाक्टरहरूको सेवा आवश्यक महसुस भइरहेको छ। त्यसैले मानसिक रोग विशेषज्ञ डाक्टरहरू अस्पतालबाट पनि बोलाएर सेवा उपलब्ध भइरहेको छ।
नगरभित्र जनस्वास्थ्यको वर्तमान अवस्थास्( यस पथरी शनिश्चरे नगरपालिका भित्र एक पथरी नगर अस्पताल, दुईवटा शनिश्चरे र हसन्दह स्वास्थ्य चौकी, १० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू र भुटानी शरणार्थीहरूका लागि शिबिर डाँडामा अर्को एक आधारभूत स्वास्थ्य केन्द्र स्थापना सहित जम्मा ११ वटा आधारभूत स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन्। १। पथरी नगर अस्पतालको जनशक्ति स्( हाल पथरी नगर अस्पतालमा मात्रै दुई जना फिजिसियन, १४ जना प्यारामेडिक्स ९ स्वास्थ्य सहायक० , १६ जना नर्सिङ स्टाफ, ७ जना ल्याब प्राविधिक, ३ जना एक्सरे प्राविधिक, दुई जना आँखा प्राविधिक, एकजना दन्त चिकित्सक र एकजना दन्त सहायक, ३ जना फिजियोथेरापी डाक्टर, तीन मेडिकल अफिसर, एक फार्मेसी सहायक रहेका छन् भने सुरक्षा गार्ड, सफाई कर्मचारी, दर्ता सहायक सहित १६ जना अन्य कर्मचारीहरु सहित कुल ६९ जना स्वास्थ्यसँग सम्बन्धित कर्मचारीहरू कार्यरत रहनुभएको छ।
हाल नगरमा दुईवटा एम्बुलेन्सहरू सञ्चालनमा आइरहेका छन्। गत साल फाउन्डेसन अफ अमेरिकाले एउटा नयाँ एम्बुलेन्स प्रदान गरेको थियो । यस अघि यु एन एच सी आर ले प्रदान गरेका तीनवटै एम्बुलेन्सहरू बिग्रिएको अवस्थामा छन्। २। केही वर्ष यता देखि वडा नम्बर १ को नगरपालिका परिसरमा रहेको पुरानो स्वास्थ्य चौकीको मुनिको तलामा नगर प्रहरीको अफिस तथा आवासको रूपमा प्रयोग गरिएको छ भने माथिल्लो तलामा नगर स्वास्थ्य शाखाको कार्यालय संचालन भैरहेको छ। हालको नगरपालिकाको सातामै निर्माण गरिएको नगर प्रमुख तथा उपप्रमुख कार्यालय ९कक्ष० रहेको भवनको तल्लो ुफ्लोरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुँदैआएको छ।