पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सोमबार नगरपालिकाको सभाहलमा आयोजित समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षाका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
साउन १८ र १९ गते सञ्चालन हुने उक्त कार्यक्रममा नगरका सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममार्फत स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, सेवा प्रवाहमा देखिएका समस्या समाधान तथा आगामी वर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सहभागीहरूबीच सुझाव तथा अनुभव आदानप्रदान गरिएको नगरपालिकाले जनाएको छ ।


