पथरी । राष्ट्रिय स्वतन्त्र पार्टी पथरीशनिश्चरे नगरपालिका वडा नं. १ को वडाअधिवेशन सम्पन्न भएको छ । आइतबार पथरीशनिश्चरे वडा नं. १ स्थित नर्वदेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न अधिवेशनबाट सभापति मा मोहन कुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको अध्यक्षता नगर उपसभापति गिता लिम्बू श्रेष्ठले गरेकी थिइन् ।
प्रमुख अतिथि जिल्ला सभापति भरत कँडेल, विसिश्ठ अतिथि चन्द्र राई, तिथिहरुमा प्रेम्लाल चौधरी , केदार आचार्य रहेका थिए ।
कार्यक्रम सन्चालन नगर सचिव तुलसि वस्नेतले गरेका थिए ।
वडा अधिवेशनबाट उप सभापतिमा दिलकुमारी लिम्बु, सचिवमा भोज बहादुर प्रधान चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा कुमार श्रेष्ठ, सञ्जु नेपाली, छविध्वज धमला, इन्दिरा श्रेष्ठ र चन्द्रकुवेर लिम्बु रहेका छन् ।