रास्वपा पथरीशनिश्चरे–९ को पहिलो वडा अधिवेशन सम्पन्न, भट्टराई सभापति चयन - Pahilo Online

रास्वपा पथरीशनिश्चरे–९ को पहिलो वडा अधिवेशन सम्पन्न, भट्टराई सभापति चयन

writer

पहिलो अनलाइन

 पथरीशनिश्चरे – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ को पहिलो वडा अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनबाट सुबास चन्द्र भट्टराई वडा सभापति चयन भएका छन्।

उपसभापतिमा जनक पोख्रेल, सचिवमा राजकुमार लिम्बू चेम्जोङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रमोद बिष्ट, महेन्द्र राई, शिव धिमाल, गीता देवी गुरागाईं, अनिता दर्जी र सुनिल बस्नेत चयन भएका छन्।

कार्यक्रम रास्वपाका कार्यवाहक नगर सभापति गीता लिम्बू श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। जिल्ला सभापति भरत कँडेल प्रमुख अतिथि रहेका कार्यक्रमका अन्य विशिष्ट अतिथिहरूमध्ये प्रेमलाल चौधरी, सुरेश श्रेष्ठ र केदार आचार्यको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य नगर सचिव तुलसी बस्नेतले राखेका थिए भने सञ्चालन नव-निर्वाचित सचिव राजकुमार लिम्बू चेम्जोङले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes