नगरका पशु स्वास्थ्यकर्मीहरुसँग छलफल - Pahilo Online

नगरका पशु स्वास्थ्यकर्मीहरुसँग छलफल

writer

पहिलो अनलाइन

पथरी, पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्य विकास शाखाद्वारा आर्थिक वर्ष २०८१/०८२ को विभिन्न पशुपंक्षी सम्वन्धी योजना तथा कार्यक्रम एवं नगरका निजी पशु स्वास्थ्यकर्मीहरुसँग विभिन्न विषयमा छलफल गरिएको छ ।
आज नगरपालिकामा भएको सो छलफलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थिति रहेको थियो ।
व्यापक रुपमा छलफल पश्चात् मुख्य दुई वटा निर्णयहरू गरिएको छ । नगरमा कृत्रिम गर्भाधान गरे वापत पहिलो पटक गर्दा रु. ४ सय र सोहीलाई दोहोर्याउँदा ३ सय वापत यातायात खर्च पशु स्वास्थ्यकर्मीले लिने निर्णय गरिएको छ ।
यस्तै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ तथा नियमावली २०८१ वमोजिम नगरमा सेवा प्रदान गर्ने सम्पूर्ण पशु स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा परिषद्मा दर्ता गराउनुपर्ने निर्णय गरिएको नगरका पशु चिकित्सक सवल पोखरेलले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles