स्वास्थ्यकर्मीहरुको समीक्षा कार्यक्रम - Pahilo Online

स्वास्थ्यकर्मीहरुको समीक्षा कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । राष्ट्रिय खोप कार्यक्रम नियमित खोप कार्यक्रमको सुदृढीकरणका लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आज सो कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रमको औचित्य बारे स्वास्थ्यकर्मी जगत मगरले प्रष्ट्याउनुभएको थियो ।
एकराज खत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नगरको १० वटै वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रका फोकल पर्सन एवं नगरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा नगरको स्वास्थ्य कार्य, खोप कार्यक्रमको चुनौती, खोप कार्यक्रमको भावी कार्य दिशा लगायतका विषयमा समीक्षा गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles