अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, सहमति नहुँदा नेतृत्व चयन भएन - Pahilo Online

अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, सहमति नहुँदा नेतृत्व चयन भएन

writer

बाबुराम मुडियारी

मोरङ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश समितिको नेतृत्व चयनमा सहमति नजुट्दा ९१ सदस्यहरु मात्र चयन गर्ने अधिवेशन सकिएको छ ।

विराटनगरमा शनिवार भएको प्रथम अधिवेशनबाट आईतबार सम्म पनि  अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ जना सदस्य मात्र चयन भएका छन् । अनेमसंघ प्रदेश अध्यक्षमा दुई जनाको दाबी रहेपछि पदाधिकारी टुंगो नलागेको नेताहरुले बताएका छन् ।

अनेमसंघ प्रदेशको अध्यक्षमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा महिला संगठनको केन्द्रीय सचिवलाय सदस्य रहेका विराटनगरकी लत्ता न्यौपाने र झापाकी निरु खतिवडाले दाबी गरेका छन् ।

उनीहरुले अन्तिमसम्म अध्यक्षमा दाबी नछोडेपछि नेतृत्व चयन हुन नसकेको हो । नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै निर्वाचन गराउन तयार नभएपछि नेतृत्व नै चयन हुन नसकेको हो । बिधान अनुसार अधिवेशनबाट निर्वाचित सदस्यहरुले नै पदाधिकारी चुन्ने भएकोले अबको बैठकबाट टुंगो लगाउने नेताहरुले बताएका छन् ।

एक हप्ताभित्रमा सहमति गर्ने प्रत्यन्त गर्ने र सहमति हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन हुने पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी महिला नेतृ गिता तिम्सिनाले जानकारी दिएकी छन् । अनेमसंघको प्रथम अधिवशेनमा माओवादी केन्द्र प्रदेश इञ्न्चार्ज हरीबोल गजुरेल, पूर्व सभामुख ओनसरी घर्तीमगरलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes