माओवादीको विशेष रुपान्तरण अभियान जारी - Pahilo Online

माओवादीको विशेष रुपान्तरण अभियान जारी

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरेको ‘जनतासँग माओवादी’ कार्यक्रम मोरङको पथरीशनिश्चरेमा पनि जारी रहेको छ । जस अन्तरगत विभिन्न गतिविधिहरु भइरहेका छन् ।

माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेर कार्यक्रम गरिरहेको छ । यसै अन्तरगत शनिबार पथरीशनिश्चरे वडा नं. ४ मा पार्टीका टोल भेला तथा विभिन्न जनवर्गीय संगठनहरु निर्माण भएका छन् । शनिबार वडा नं. ४ को सम्झना चोकमा रनकुमार राईको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटि गठन भएको पार्टी वडाअध्यक्ष अम्बरबहादुर बराईलीले जानकारी दिए । समितिको सचिवमा मचिन्द्र लिम्बू, कोषाध्यक्षमा राधिका लिम्बू चयन भएका छन् । सदस्यहरुमा लाखबहादुर राई, फुलमाया गिरी, मिलन भुजेल, सीता श्रेष्ठ, मीरा मगर, र सीता पौडेली रहेका छन् ।

यसैगरी, सम्झना चोकमा नै जानुका श्रेष्ठको अध्यक्षतामा महिना टोल कमिटि गठन भएको छ । समितिको सचिवमा सीता श्रेष्ठ, कोषाध्यक्षमा निशा राई चयन भएका छन् । समितिको सदस्यहरुमा टीकामाया राई, खुशीमाया भुजेल, फुलमाया गिरी, भिमा विश्वकर्मा, शोभाकुमारी राई, नरदेवी राई, कुमारी राई र जीतकुमारी राई रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं अभियानको नगर ईञ्चार्ज सरस्वती पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको माओवादी देशको प्रमुख शक्तिमध्ये एक भएको बताइन् । उनले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको जानकारी दिइन् ।

केन्द्रीय सदस्य पोखरेलका अनुसार अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने छ ।

कार्यक्रममा पार्टी जिल्ला समन्वय समिति सदस्य गंगा साँवा, प्रदेश सल्लाहकार सदस्य मानबहादुर पौडेली, नगर सचिव मान दियाली, नगर सचिवालय सदस्य एवं वडा ईञ्चार्ज ध्रुवकुमार बराईली, सह–ईञ्चार्ज महेन्द्र तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थासँग अन्तरक्रिया गरिनेछ ।

तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes