समाजवादी जागरण अभियान अन्तर्गत मेची - महाकाली यात्रा सुरू - Pahilo Online

समाजवादी जागरण अभियान अन्तर्गत मेची – महाकाली यात्रा सुरू

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे / नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, उप नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल , पोलिटब्युरो सदस्य कोशी प्रदेश कमिटीका सचिव महेश रेग्मी लगायतका केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटी तथा उर्लावारी, पथरीशनिश्चरे लगायत विभिन्न पालिका नेता, कार्यकर्ता तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

आईतबार पथरीशनिश्चरे ०१ को लोकतान्त्रिक चोकमा आयोजित संक्षिप्त कोणसभालाई केन्द्रीय कमिटीका डा. प्रकाश पौडेलले संबोधन गर्नु भएको हो। आज असोज १४ गतेदेखि २९ गतेसम्म राष्ट्रिय समाजवादी जागरण अभियान अन्तर्गत मेची – महाकाली यात्रा सुरू गरेको छ । आज बिहान झापाको काँकडभिट्टाबाट प्रारम्भ भएको यो अभियान अपरान्ह दमकमा सभा आयोजना गरिएको हो भने बेलुकी ४ बजे मोरङको पथरीशनिश्चरेमा सम्पन्न भएको थियो ।

केन्द्रीय नेताहरुसहितको मेची महाकाली जागरण अभियान अन्तर्गत आजै विराटचोकमा साँझ पख कोणसभा सम्पन्न भएको छ। उक्त अवसरमा केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, पोलिटब्युरो सदस्य एंव प्रदेश कमिटीका सचिव महेश रेग्मी, मोरङ जिल्ला कमिटिको ईन्चार्ज हर्कमान तामाङ,सह इन्चार्ज चण्डी प्रसाद राई, लगायतका नेताहरुको उपस्थिती रहेको थियाे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes