झोराहाटमा बालबालिका लाई रूबेला दादुरा खोप - Pahilo Online

झोराहाटमा बालबालिका लाई रूबेला दादुरा खोप

writer

बाबुराम मुडियारी

ग्रामथान/ रुबेला दादुरा बिरुद्दको राष्ट्रिय अभियान अन्तर्गत ग्रामथान गाउँ पालिका को बिद्यालयहरूमा ग्रामथान स्वास्थ्य शाखाको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाट का स्वास्थ्यकर्मीहरू बाट बिद्यार्थीहरु तथा बालबालिका हरू लाइ खोप लगाउने कार्य संञ्चालन गरिएको छ।

दुर्गा आ. बि. ग्रामथान -२ झोराहाट झङडाई टोल मोरङ मा बुधबार विधार्थी हरूलाई रूबेला दादुरा बिरूद्ध को खोप लगाएको हो। सो खोप लगाउने कार्य मा प्राथमिक स्वास्थ्य केन्द्र का प्रमुख किरण श्रेष्ठ , स्वास्थ्यकर्मी विमल पराजुली, स्वास्थ्यकर्मीहरू तथा महिला स्वयम् सेवीका लगाएतको सहभागिता थियो।

खोप लगाउने कार्य प्राथमिक स्वास्थ्य केन्द्र का स्वास्थ्यकर्मी हरूको प्राविधिक सहयोगमा संञ्चालन गरिएको छ। ग्रामथान वडा नं २ झोराहाट का श्री सरस्वती नमूना मा.वि.,जनक सेकेन्डरी बोडिङ स्कुल,शारदा सेकेन्डरी बोडिङ स्कुल लगाएतमा पनि खोप लगाऊने कार्य सम्पन्न भईसकेको र बाँकी विधालयहरूमा पनि खोप लगाउने कार्य संञ्चालन गर्ने प्राथमिक स्वास्थ्य केन्द्र का प्रमुख किरण श्रेष्ठ ले जानकारी गराएका छन् ।ग्रामथानका अन्य वडामा पनि खोप लगाउने कार्य संञ्चालन रहेको छ। यस रूवेला दादुरा राष्ट्रिय खोप अभियान अन्तर्गत संञ्चालन गरिएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes