ग्रामथान/ ग्रामथान गाउँ पालिका स्वास्थ्य शाखाको समन्वयमा तथा ग्रामथानका स्वास्थ्य केन्द्र हरूको आयोजनामा स्थानीयवासीहरूलाई डेंगु बाट बच्ने उपायहरूको जानकारी गराउने उदेश्यका साथ डेंगु सम्बन्धी जनचेतना तथा डेंगुको लार्भा खोज ,नष्ट अभियान स्वास्थ्यकर्मी हरूले तिव्र बनाएका छन् ।
डेंगु बाट बच्ने उपाय तथा जानकारी सम्बन्धी जनचेतना काय॔क्रम हरू वडाका टोल टोलहरूमा संञ्चालन गरिरहेको छ । डेंगु सम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट कार्यक्रम सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संञ्चालन ,प्राथमिकता स्वास्थ्य केन्द्र झोराहाटमा नि: शुल्क डेंगु जाँच संञ्चालन लगाएत कार्यमा हामी स्वास्थ्यकर्मी हरू ले काय॔ गरिरहेको ग्रामथान स्वास्थ्य शाखा प्रमुख राज कुमार झा ले बताए। स्वास्थ्यकर्मीको सहभागितामा डेंगु रोग सचेतना कार्यक्रम सञ्चालन तथा टोलहरूमा डेंगुको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको जानकारी स्वास्थ्य शाखा प्रमुख झा ले गराएका छन् ।