रेडस्टार माविद्वारा बाढीपीडितलाई १ लाख ५५ हजार रुपैयाँ सहयोग - Pahilo Online

रेडस्टार माविद्वारा बाढीपीडितलाई १ लाख ५५ हजार रुपैयाँ सहयोग

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालय र ऋतम्भरा बहुमुखी क्याम्पसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले भदौ १० गते आएको बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको सहयोगार्थ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

एक साताअघि आएको बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकमार्फत उद्धार कोषमा रकम जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक टेकनाथ तिम्सिना (टीएन)ले जानकारी दिए । “विपद्को यो घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले हामीले स्वेच्छिक रूपमा रकम सहयोग गरेका हौँ,” प्रधानाध्यापक तिम्सिनाले भने ।

रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहतमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयले आफ्नो क्षमताअनुसार रकम उपलब्ध गराएको उनले बताए ।

तिम्सिनाले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्नसमेत आग्रह गरेका छन् । “सहयोगको रकम सानो हुन सक्छ, तर सहयोग गर्ने मन कहिल्यै सानो हुनु हुँदैन,” उनले भने ।

विपद्का समयमा व्यक्तिगत तथा व्यावसायिक हैसियतभन्दा मानवीय सहयोग महत्वपूर्ण हुने भएकाले विद्यालयको क्षमताअनुसार सहयोग गरिएको तिम्सिनाले बताए ।

शैक्षिक गुणस्तरमा अब्बल मानिँदै आएको रेडस्टार माध्यमिक विद्यालय र ऋतम्भरा बहुमुखी क्याम्पसले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा मानवीय तथा सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles