तलब नपाएपछि ग्रामथानका स्वास्थ्यकर्मीहरू सेवा बन्द गरी धर्नामा - Pahilo Online

तलब नपाएपछि ग्रामथानका स्वास्थ्यकर्मीहरू सेवा बन्द गरी धर्नामा

writer

बाबुराम मुडियारी

ग्रामथान । ग्रामथान गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले ५ महिनादेखि तलब भत्ता नपाएको भन्दै अषाढ १८ गतेबाट स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवा बन्द गरी गाँऊपालिका प्राङ्गण र गाउँ पालिका उपाध्यक्ष को कार्यकक्षमा धर्ना मा बसेका छन्।

गाउँपालिका प्राङ्गणबाट नै आवश्यक स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्यकर्मीहरूले १८ गते बाट धर्ना कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्यकर्मी हरूको तलब भत्ता भुक्तानी मा कुनै सुनुवाई नभएकोले पालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरू बाध्य भएर तलब भत्ता भुक्तानी नहुनजेल सम्मका लागी स्वास्थ्य संस्था बन्द गरी पालिका प्राङ्गण बाट नै ओ.पि.डि सहितको स्वास्थ्य सेवा प्रदान गर्ने गरेका छौं स्वास्थ्यकर्मी हरू बताउँछन् ।

स्वास्थ्यकर्मीहरूले इमरजेन्सी (आकस्मिक) सेवा तथा २४ घण्टे प्रसुती सेवा स्वास्थ्य संस्था माफर्त सुचारू राखेको विज्ञप्तिमा जनाईएको छ। ६७ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेकोमा कुल तलब भत्ता १ करोड ९६ लाख हुन्छ । हाल तलब भत्ता निकासाका लागि ४३ लाख मात्र अपुग रकम पठाएकोले स्वास्थ्यकर्मीहरू थप आन्दोलित भएका हुन् ।

पालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र, १ आधारभूत स्वास्थ्य केन्द्र, ५ स्वास्थ्य चौकी रहेको छ । तलब भत्ता निकासका लागि पटकपटक पालिका, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङमा तलब भत्ता निकासाका लागि ध्यानाकर्षण गराएको स्वास्थ्यकर्मीहरू बताउँछन् पालिकामा स्वास्थ्य सेवा संञ्चालन बन्द भए सेवाग्रहीमा पर्ने असर तथा असहज परिस्थितिको जिम्मेवार स्वयम सम्बन्धी निकाय नै हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्यकर्मीहरूको तलब भत्ता भुक्तानी गर्ने तर्फ सरोकारवला निकायबाट भुक्तानी दिने सुनिश्चिता नगरेकोले सेवा बन्द गर्नुपरेको स्वास्थ्यकर्मीले विज्ञप्ति जनाएको छ। स्वास्थ्य क्षेत्र सुधार तथा स्वास्थ्यकर्मीहरूको हकहित समिति ग्रामथान मोरङले स्वास्थ्यकर्मीहरूको तलब भत्ता निकासाका लागि लामो समयदेखि पहल, ध्यानाकर्षणलगायत गर्दै आएको छ।

स्वास्थ्य सेवा बन्द ले सेवाग्राही स्वास्थ्य सेवा लिन बञ्चीत भएका छन् । पालिका लगायत सरोकारवाला निकायहरू जिम्मेवारीका साथ स्वास्थ्यकर्मीहरूको माग संबोधन गरी तलब भत्ता निकासा दिनुपर्ने आवश्यक देखिन्छ । पालिकामा स्वास्थ्य सेवा सुचारू गरी नागरिक लाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने तिर ध्यान जान जरूरी देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes