ग्रामथानमा स्वास्थ्य सम्बन्धी सचेतना - Pahilo Online

ग्रामथानमा स्वास्थ्य सम्बन्धी सचेतना

writer

बाबुराम मुडियारी

ग्रामथान । ग्रामथान गाउँ पालिकामा २ दिने स्वास्थ्य सम्बन्धी सचेतना अन्तरक्रिया संञ्चालन गरी आईतबार सम्पन्न भएको छ। सर्ने रोग, नसर्ने रोग लगाएत स्वास्थ्य सम्बन्धी जानकारी स्थानीय हरूलाई गराउने उदेश्य का साथ ग्रामथान स्वास्थ्य शाखा को समन्वय तथा ग्रामथान गाउँ पालिका मोरङको आयोजनामा संञ्चालन गरिएको थियो। ग्रामथान वडा नं 2 झोराहाट को रवि आधारभूत विधालयमा ५० जनाको सहभागीता रहेको थियो ।

सो अन्तरक्रिया असार ९ र १० गते सम्म संचालन गरिएको थियो। स्वास्थ्य सचेतना सँगै सहभागीहरूको स्वास्थ्य परिक्षण र नि:शुल्क औषधि वितरण गरिएको थियो। ग्रामथान गाउँ पालिका वडा नं २का वडा अध्यक्ष यादव खतिवडाको सभापतित्वमा संञ्चालन गरिएको थियो।

स्वास्थ्य सचेतना अन्तरक्रियामा ग्रामथान स्वास्थ्य शाखा प्रमुख राज कुमार झा, डा.अन्जनी कुमार झा ,डा.अशोक चौधरी ,स्वास्थ्य केन्द्र झोराहाट प्रमुख किरण श्रेष्ठ,स्वास्थ्य चौकी सिध्राहा प्रमुख अमृत बहादुर कार्की ले सहजीकरण गर्नुभएको थियो।

अन्तरक्रिया तथा सचेना काय॔क्रममा मुटु तथा रक्त नली सम्बन्धी रोग,क्यान्सर,मधुमेह रोग,स्वासप्रश्वास सम्बन्धी रोग,अस्वस्थकर खानपिन,सूर्ती जन्य पदार्थ सेवनले लाग्ने रोग,उच्चरक्त चाप ,झाडापखाला, आउ, मलेरिया,कालाजार,रेविज,डेङङु ,प्ले लगाएत रोग लाग्ने कारण,रोकथाम, लक्षण, उपचार, नियन्त्रण सम्बन्धी सचेना माफर्त जानकारी गराएको थियो।

सचेतना काय॔क्रम मा ग्रामथान गाउँ पालिका अध्यक्ष जय प्रकाश गच्छदार,प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार शाह,समाजसेवी दिक्षा आचार्य, शिक्षक जितेन्द्र सरदार, केशव सरदार,समाजसेवी गंगा लाल सरदार,बिष्णु सरदार,तुलसी सरदार,स्थानीय वासी, स्वास्थ्यकर्मी हरू लगाएतको सहभागीता थियो। स्वास्थ्य परिक्षण स्वास्थ्य केन्द्र झोराहाट का स्वास्थ्यकर्मी हरूको टिमले सहभागी हरूको स्वास्थ्य जाँच गरेका थिए।सचेतना उद्घाटन सत्र तथा समापन सत्रको संचालन ग्रामथान स्वास्थ्य शाखाका कल्पना धिमिरे ले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes