आयुर्वेद स्वास्थ्य बारे अन्तरक्रिया - Pahilo Online

आयुर्वेद स्वास्थ्य बारे अन्तरक्रिया

writer

बाबुराम मुडियारी

बाबुराम मुडियारी

ग्रामथान । आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा आयूर्वेद स्वास्थ्य सेवा सवलिकरणका लागि स्थानीय जनप्रतिनिधि एंव स्वास्थ्यकर्मीहरू सँग एक दिने अन्तरक्रिया बुधवार विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका, जहदा गाउँ पालिका,मिक्लाजुङ गाउँ पालिका,कानेपोखरी गा.पा.,रंगेली न.पा.रतुवामाई न.पा.बेलबारी न.पा.लेटाङ न.पा.,उर्लाबारी न.पा.का स्वास्थ्य केन्द्र का प्रमुख,आयुर्वेद नागरिक आरोग्य केन्द्र का प्रमुख,स्थानिय तहका प्रमुख तथा जनप्रतिनिधि हरू लगाएतको सहभागिता थियो । आयुर्वेद नागरिक आरोग्य केन्द्र,आयुर्वेद स्वास्थ्य केन्द्र तथा आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ बारे जानकारी ,सेवा प्रवाह सम्बन्धी जानकारी तथा बार्षिक काय॔क्रम ,बार्षिक काय॔ उपलब्धि ,बार्षिक बजेट खर्च ,उपचार विधि तथा पद्वति बारे जानकारी दिइएको कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र का प्रमुख,आयुर्वेद नागरिक आरोग्य केन्द्र का प्रमुख,आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा.केनिन राई लगाएतले प्रस्तुतीकरण गरेका थिए ।

सो अन्तरक्रिया काय॔क्रम मा आयुर्वेद स्वास्थ्य केन्द्र हरू लाई आयुर्वेद चिकित्सा सेवा प्रवाह गन॔ संघिय सरकार,प्रदेश सरकार , स्थानीय सरकार हरूले थप बजेट विनियोजन गरी मानिसहरू लाई निरोगी बनाऊने काय॔क्रम संञ्चालन गनुपर्ने र आयुर्वेद चिकित्सा उपचार विधी तथा पद्धति सेवा घर घरमा सेवा विस्तार गनुपर्ने लगाएतका कुरामा सहभागी हरूको जोड रहेको थियो।यस आयुर्वेद चिकित्सा विधी तथा पद्धति बाट उपचार गराऊनेको संख्यामा वृद्धि भईरहेको छ। आयुर्वेद चिकित्सा उपचार मा जनविश्वास बढ्दै गएको पाईन्छ ।

आयुर्वेद चिकित्सा उपचार सेवा हरू अन्य चिकित्सा उपचार सेवाहरू भन्दा कम खर्च मा उपचार हुने तथा रोग निको(निधान) हुने गरेको छ। आयुर्वेद चिकित्सा सेवा हरू सरकारले नि : शुल्क सेवा,स:शुल्क सेवा हरू संञ्चालन गदै आएको छ। आयुर्वेद चिकित्सा उपचार विधी तथा पद्वति सेवा हरू लाई प्रवाहकारी बनाऊने मा ध्यान जानुपर्ने जरूरी देखिन्छ । कोशी प्रदेश का स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संञ्चालक समितिका अध्यक्ष अजम्बर राई को सभापतित्वमा जिल्ला समन्वय समिति मोरङको सभा हलमा सम्पन्न भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes