पछिल्लोे २४ घण्टामा कोभिडका २१ सय ६९ बिरामी थपिए, २२ जनाको मृत्यु - Pahilo Online

पछिल्लोे २४ घण्टामा कोभिडका २१ सय ६९ बिरामी थपिए, २२ जनाको मृत्यु

writer

काठमाडौं । नेपालमा पछिल्लोे २४ घण्टामा २१ सय ६९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो ।

यस्तै सोही अवधिमा १४ सय ३२ जना संक्रमणमुक्त हुँदा २२ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ भने निको हुनेको संख्या ६ लाख १६ हजार ३ सय रहेको छ । संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes