नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सया ४२ जना कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु - Pahilo Online

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सया ४२ जना कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

writer

काठमाडौँ । कोरोना भाइरसको महामारीबाट नेपालमा थप ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ५१ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ । आइतबार २४ सय ४२ जना संक्रमित थपिएका छन् । ६ हजार ६ सय ७७ पीसीआरबाट १४ सय २१ तथा ४ हजार २ सय ४९ एन्टिजेनबाट १ हजार २१ गरी परीक्षणको २२ दशमलव ३५ प्रतिशतमा संक्रमण देखिएको हो । थपिएकामध्ये काठमाडौ उपत्यकाका मात्रै ५ सय ४८ जना हुन् ।

जसमा काठमाडौंका ४ सय ५०, ललितपुरका ५३ तथा भक्तपुरका २५ जना हुन् । हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ४७ हजार ६ सय ५१ रहेको छ । जसमा पीसीआरबाट ६ लाख २१ हजार ५६ तथा एन्टिजेनबाट २६ हजार ५ सय ९५ जना हुन् । आइतबार ३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ रहेको छ । देशका ४२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । हाल ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५१ हजार ८ सय ३३ जना होम आइसोलेसनमा र ३ हजार ६ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ८ सय ७१ जना आईसीयूमा र २ सय ५० जना भेन्टिलेटरमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes