कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त, ५ हजार ४२ संक्रमित - Pahilo Online

कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त, ५ हजार ४२ संक्रमित

writer

काठमाडौं । नेपालका कोभिड–१९ बाट एकैदिन ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका हुन् । योसँगै कोभिड संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणमा देशभरका ५ हजार ४२ जनामा कोभिड संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९८ हजार २ सय ४ जना पुगेको छ ।

यस्तै, सोही समयमा देशभरका ६८ जना मानिसले ज्यान गुमाउँदा कोभिडबाट मृत्यु हुने ७ हजार ७ सय ९९ पुगेका छन् । देशभर ९२ हजार ९ सय २८ जना सक्रिय संक्रमित हुँदा १ हजार ४ सय ५१ जना आईसीयू र ३ सय ८४ जना भेन्टिलेटरमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes