पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण, १ सय १४ जनाको मृत्यु - Pahilo Online

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण, १ सय १४ जनाको मृत्यु

writer

नेपालमा थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर १५ हजार ५५ पीसीआर र २ हजार ४ सय २५ एन्टिजेट परीक्षणमा ४ हजार ७ सय ६२ जनामा कोभिड–१९ संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ सय ९०, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय २१ गरी काठमाडौं उपत्यकामा १ हजार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर ५ लाख ६१ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोभिडबाट १ सय १४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ । देशभर १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित हुँदा २ हजार ५ सय ८४ जना आईसीयू र ४ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes