देशभर ८ हजार ९ सय ८० जनामा कोभिड संक्रमण, थप १ सय २९ जनाको मृत्यु - Pahilo Online

देशभर ८ हजार ९ सय ८० जनामा कोभिड संक्रमण, थप १ सय २९ जनाको मृत्यु

writer

Santosh Khaling Rai

काठमाडौं । नेपालमा शनिबार थप ८ हजार ९ सय ८० जनामा कोभिड–१९ संक्रमण देखिएको छ । १९ हजार ३ सय ५७ पीसीआर र ७ सय ४८ एन्टिजेन परीक्षण गर्दा ८ हजार ९ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । सोही समयमा ८ हजार ८ सय ४८ जना निको हुँदा संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार देशभर ३ लाख ८३ हजार ६ सय ४८ जना व्यक्ति कोभिडमुक्त भएका छन् ।

देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहँदा ८ सय ६६ जना क्वारेन्टिनमा छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार १ सय ३ जना होम आइसोलेसन, ७ हजार ७ सय ३ जना संस्थागत आइसोलेसन, १ हजार ७ सय ३२ जना आईसीयू र ५ सय २३ जना भेन्टिलेटरमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes