नेपालमा थप २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि - Pahilo Online

नेपालमा थप २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ उपत्यकामा मात्रै एक हजार पाँच सय ३५ जना

writer

मोरङ । नेपालमा गएको २४ घण्टामा थप २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार तीन सय ११ जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

आज थपिएका मध्ये एक हजार पाँच सय ३५ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा तीन हजार तीन सय ३६ जना कोरोना सङ्क्रमण मुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या एक लाख ११ हजार छ सय ७० पुगेको छ । अब नेपालमा ४५ हजार पाँच सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes