नेपालमा शनिबार थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु - Pahilo Online

नेपालमा शनिबार थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

writer

मोरङ । नेपालमा शनिबार थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार शनिबार देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्। शनिबार देशभर सक्रिय संक्रमित १७ हजार १ सय २९ जना छन्। शनिबार १० हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण रहेको गौतमले जानकारी दिए। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन। यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन।

यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन्। शनिबार १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन। शनिबारसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय ६१, प्रदेश नम्बर २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन। यस्तै प्रदेश नम्बर ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको छ। मृत्यु हुनेमा ७ महिला र ४ जना पुरुष रहेका छन्। शनिबार मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया तथा ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुष गरी ४ जनाको मृत्यु भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes