काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।
सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो । थप एक हजार ४१ जनामा संक्रमण पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ सहित नेपालमा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।