एकै दिन १५ जनाले कोरोनाबाट ज्यान गुमाए - Pahilo Online

एकै दिन १५ जनाले कोरोनाबाट ज्यान गुमाए

writer

मोरङ । पछिल्लो २४ घण्टामा देशभर ११ पुरुष र ४ जना महिलाले ज्यान गुमाएका छन्। यीमध्ये केहीको घरमै मृत्यु भएको छ। भक्तपुरका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै ज्यान गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार यो मृत्यु अहिलेसम्मकै उच्च हो। गौतमका अनुसार ज्यान गुमाउने महिलाहरुमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन्। त्यसैगरी पुरुषहरुमा सुनसरी ६० वर्षीय पुरुष छन्। सुनसरीकी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष धरानस्थित एकै घरका हुन्। उनीहरु नाताले सौतेनी आमाछोरा हुन्। ज्यान गुमाउनेहरुमा मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष छन्। त्यसैगरी रौतहटका ३० वर्षीय युवकले पनि ज्यान गुमाएका छन्। यता ललितपुरका २९ वर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको छ। भक्तपुरको होम आइसोलेसनमै रहेका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। नवलपरासीस्थित ६२ वर्षीय, रुपन्देहीमा ६७ र ५७ वर्षीय पुरुषले ज्यान गुमाएका छन्। पछिल्लो पटक आइतवार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीस्थित रमाइलो चोक निवासी ७७ वर्षीय पुरुषको त्यहीँस्थित समिट अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। यससँगै नेपालका पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाबाट ज्यान गएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes