८८५ जनामा कोरोना संक्रमण, थप ११ जनाको मृत्यु - Pahilo Online

८८५ जनामा कोरोना संक्रमण, थप ११ जनाको मृत्यु

writer

मोरङ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११ जनाको मृत्यु भएको हो । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १७५ जना पुगेको छ । मृत्यु हुनेमा भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला हुन्। त्यस्तै कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूष छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes