कारोनाबाट मृतकको संख्या १६४ पुग्यो, आज ८५५ जना कोरोना संक्रमित थपिए - Pahilo Online

कारोनाबाट मृतकको संख्या १६४ पुग्यो, आज ८५५ जना कोरोना संक्रमित थपिए

writer

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । मृतकमा एक महिला र छ पुरुष हुन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । थपिएकामा काठमाडौं उपत्यकामा दुई सय ३२ जना रहेका छन् ।

जसमा काठमाडौंमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, रुपन्देहीमा ६९, सर्लाहीमा ५८, रौतहटमा ४४ तथा धनुषामा ४२ जना संक्रमित थपिएका हुन् । हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ । १५ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट मुक्त भएका छन् ।

योसंगै निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशका मुस्ताङ र हुम्ला जिल्लामा मात्र कोरोना संक्रमित रहेका छैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes