नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार सात सय ५२ पुग्यो - Pahilo Online

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार सात सय ५२ पुग्यो

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार सङ्क्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार सात सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । यस्तै धनुषा र महोत्तरीमा १०र१० जना, बैतडी, काठमाण्डौ, ललितपुर र कास्कीमा तीनरतीन जना, सल्यानमा दुई जनामा सङ्क्रमण देखिएको छ । यस्तै सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकरएक जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय २६ जना उपचारपछि निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ । अब चार हजार नौ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes