नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो - Pahilo Online

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

writer

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गएको २४ घन्टामा आरडिटी र पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes