आज थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो - Pahilo Online

आज थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो

writer

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ महिलासहित ४ सय २६ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

७४ जिल्लामा फैलिसकेको कोेरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु नभएको डा. गौतमले बताए । अहिलेसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म एक हजार चार सय २ जना डिस्चार्ज भएका छन् ।

१ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ८ सय ५० जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ६१ हजार ७ सय ४९ वटा पीसीआर परीक्षण भएको छ । प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालय व्यवस्थापन शाखा प्रमुख डा. रमेश खरेलले पछिल्लो समय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको बारेमा बढी चर्चा भएपछि त्यसबारे स्पष्ट पारेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes