आज थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो - Pahilo Online

आज थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

writer

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको बताए ।

पछिल्लो २४ घण्टामा तीन सय ८० जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा ८ महिलासहित एक सय १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या एक हजार एक सय ५८ पुगेको छ ।

२४ घण्टामा थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ । अहिलेसम्म एक लाख ४३ हजार ७ सय ३८ वटा पीसीआर परीक्षण भएका छन् । एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ५ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes